गृह मन्त्रालयद्वारा १७ डीआईजीको सरुवा (सूचीसहित)
![](https://www.tukhabar.com/wp-content/uploads/2022/01/griha-mantralaya-pic.jpg)
काठमाडौं । गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो ।
मन्त्रालयका अनुसार, डीआईजीहरु नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, मसाउद आलम खाँ, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरिको सरुवा भएको छ ।
यसैगरी भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।