सभामुख र उपसभामुखबारे दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय
![](https://www.tukhabar.com/wp-content/uploads/2021/09/nepali-congress.jpg)
काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखबारे दलहरुसँग छलफल गर्ने भएको छ । पार्टी शीर्ष नेताहरुको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीका सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’
सभापति देउवाको सचिवालयका अनुसार, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिएपछि सभामुखको उम्मेदवारका सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भएको थियो ।