चीनमा पछिल्लो एक महिनामा कोरोनाबाट ६० हजारको मृत्यु
काठमाडौं । चीनमा पछिल्लो एक महिनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
चिनियाँ अधिकारीहरूका अनुसार, सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको हो ।
जिआओका अनुसार ५ हजार ५०३ जनाको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण र ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका रोगका कारण भएको छ ।
चीनले यसअघि कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरण गर्ने पद्धतिमा संशोधन गर्दै भाइरसका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेको मात्र गणना गर्ने बताएको थियो ।
कोरोनाका कारण मृत्यु हुने ९० प्रतिशत ६५ वर्षमाथिको उमेरका रहेको चिनीयाँ दाबी छ ।