वंशगोपाल माविका ३५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

तु खबर संवाददाता
२०७९ माघ १०,मंगलवार ०९:२७

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ स्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को आयोजना तथा मकवानपुरगढी गाउँपालिका–२ को प्रायोजनमा न्यानो कपडा वितरण गरिएको छ । सोमबार विद्यालयमा अध्ययनरत ३५० जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरिएको हो ।

नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीलाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ्ग मगरले जानकारी दिए ।

कार्यक्रम वंशगोपाल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनीको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका–२ का वडा अध्यक्ष बखान सिंह पाख्रिनको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मकवानपुरगढी–२ का जनप्रतिनिधिहरु पातली माया गोले, राम प्रसाद चौरेले, लक्ष्मी वि.क, सुधारजित गोले, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।