हिमपातले हवाई उडानमा प्रभावित

तु खबर संवाददाता
२०७९ माघ १०,मंगलवार १७:१९
file photo

जुम्ला । जुम्लासहित कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई सेवा प्रभावित बनेको छ ।

सोमबार रातिदेखि जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगञ्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्ट लगायत हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाले जनाएको छ ।

एक्कासी हिमपात भर्इ हवाई सेवा बन्द हुँदा जिल्लादेखि तराई झर्ने सुर्खेत नेपालगञ्जबाट माथि जिल्लातिर जाने यात्रुहरु अलपत्र परेका छन् ।

जुम्लाको विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेको छ अझै पर्ने क्रम जारी छ । मंगलबार सुर्खेत नेपालगञ्जदेखि कुनै पनि हवाई उडान नभएको जनाइएको छ ।