हेटौंडाको क्याम्पडाँडामा बृक्षारोपण

तु खबर संवाददाता
२०७९ माघ १७,मंगलवार ०८:५३

मकवानपुर । सुन्दर र आक्रर्षक शहर निर्माण अभियानमा रहेकी हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले हेटौंडाको क्याम्पाडाँडामा बृक्षारोपण गरेकी छन् ।

हरित नगरीको रुपमा देशमा चर्चामा रहने गरेको हेटौंडालाई सुन्दर र व्यवस्थित शहरको रुपमा विकास गर्ने लक्ष्य राखेकी नगर प्रमुख लामाले कान्तिलोकपथ अन्तरगत हेटौंडा– चौंघडा सडकखण्ड अन्तरगत पर्ने क्याम्पडाँडामा बृक्षारोपण गरेकी हुन् ।

हेटौंडा ५ र ७ को सिमा क्षेत्रमा पर्ने क्याम्पडाँडामा निर्माण भएको सडकले चर्चेर छोडेको जमिको दक्षिण भागमा झाडी तथा फोहर अधिक रहेकाले त्यसलाई सफा गरी बृक्षारोपण गरिएको हो । सडक किनारमा हेर्दा आक्रणक देखिने धुपी तथा गोलमोहर फुलको बिरुवा रोपिएको छ ।

नगरलाई सुन्दर बनाउँनका लागि हरेर महिना बृक्षा रोपण अभियान र हरेका साता ‘ सफा हेटौंडा अभियान’ उपमहानगरले संचालन गरीरहेको छ । हेटौंडा उपमहानगरपालिकाका फोहरमैला तथा व्यवस्थापन शाखाका केशब देवकोटाका अनुसार, हरेक महिना फरक÷फरक ठाउँमा बृक्षा रोपणको अभियान पनि संचालन गरेको बताए ।

बृक्षारोपणमा हेटौंडा–५ का अध्यक्ष शुसिल घिमिरे, हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता बिष्णु दाहाल, नगर सभा सदस्य सन्तुमाया पाख्रिन, ज्ञानबहादुर थापा, रञ्जीता शिलवाल लगायत स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।