मकवानपुर प्रहरीद्वारा अवैध रुपमा लगाइएको अफिम र गाँजा नष्ट

तु खबर संवाददाता
२०७९ माघ १७,मंगलवार १५:३४
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा १३० बिघामा लगाइएको अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । प्रहरीले जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको उक्त परिमाणको अफिम र गाँजा नष्ट गरेको हो ।

माघ १४ गतेदेखि १६ गतेसम्म नेपाल प्रशरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाईएको गाँजा नष्ट गरेको छ ।

यस्तै। कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ बिघामा लगाईएको अफिम नष्ट गरिएको उनले बताए ।