बागमतीमा आजबाट भेडाबाख्रालाई पीपीआर खोप लगाइने

तु खबर संवाददाता
२०७९ फाल्गुन १,सोमबार ०९:४२

मकवानपुर । बागमती प्रदेश सरकारको कृषि तथा पशुपंन्छी मन्त्रालयले पीपीआर नियन्त्रणका लागि आजबाट ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले प्रदेशभित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको हो । मन्त्रालयले प्रदेशभर कुल २६ लाख १३ हजार २३२ भेडाबाख्रामध्ये ४९ प्रतिशत भेडाबाख्रालाई मात्र पीपीआर खोप लगाउन लागिएको हो ।

संघीय सशर्त मार्फत प्राप्त भएको खोपबाट प्रदेशभरका जम्मा ४९ प्रतिशत भेडाबाख्रामा खोप पुग्ने भएपनि यहि पेशामा रहेका किसानहरुलाई ठुलो आर्थिक क्षति हुनबाट रोकिने मन्त्रालयका प्रवक्ता झलकनाथ कंडेलले बताए ।

मन्त्रालयले गत वर्ष उक्त अभियान अन्तर्गत ८ लाख ३० हजार १८७ भेडाबाख्रालाई पीपीआर खोप लगाएको थियो ।