आगामी चैत्र १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी
काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत्र १५ गतेदेखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने तयारी गरेको छ । केन्द्रले मुलुकका आठै वटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले हरेक हप्ता बैठक बोलाएर आगामी शैक्षिक सत्र अर्थात् २०८० साल बैशाख २ गतेबाट सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि जनक शिक्षाले चैत्र १५ गतेबाटै बिक्री खुला गर्न लागेको हो ।
केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल सुर्खेत र काठमाडौंबाट बिक्री शुरू गर्न लागेको जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले जानकारी दिए । उनका अनुसार, हालसम्म ८८ लाख थान तयारी भइसकेको छ भने बाँकी ७ लाख थान तयारीको क्रममा रहेको छ ।