कोरियामा आयोजित पियानो प्रतियोगितामा नेपाली छात्रा प्रथम

मकवानपुर । दक्षिण कोरियामा आयोजित प्राथमिक विद्यालयस्तरीय म्यूजिक एजुकेशन न्यूज आसान कन्कोर २०२३’ पियानो प्रतियोगितामा नेपाली छात्रा सृष्टि खवाङ् थापा प्रथम भएकी छिन् ।
शनिवार भएको प्रतियोगितामा छन्आन्स्थित संघवान विद्यालयको प्राथमिक कक्षा ६ मा अध्ययनरत थापाले कोरियाको दर्जनौँ विद्यालयका एक सय भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै जित हासिल गरेकी हुन् ।
उनलाई संघवान विद्यालयमार्फत् एक समारोहकाबीच पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।
थापाले हाइदुन ५० नामको धुन बजाएर निर्णायक र दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् ।
१३ वर्षकी उनी सानैदेखि संगीतमा निकै रुची राख्थिन् । उनले कोरियामा वर्षेनी आयोजना हुने सोही प्रकारको प्रतियोगिता जित्दै आएकी छिन् ।
उनी संगीतको माध्ययमबाट नेपाललाई विश्वसामु चिनाउने चाहाना भएको बताउँछिन् । धेरै सिकेर पछि नेपाल फर्केपछि पियानो विद्यालय खोल्ने रहर छ, उनले तु खबरसँग भनिन् ।