दुर्घटनामा परेर पत्रकार मनोज हितङ्गाको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
बुटवल । बुटवलका पत्रकार मनोज हितङ्गाको दुर्घटनामा परेर मृत्यु भएको छ । गएराति बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गइरहेका हितङ्गा सवार मोटरसाइकल र अस्पताललाइन तर्फबाट मिलनचोक तर्फ आउँदै गरेको यात्रु बाहक बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।
लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रूपमा कार्यरत उनी पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददाताको रूपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए ।