भारतबाट बढेर आयो ग्यासको भाउ

तु खबर संवाददाता
२०७९ फाल्गुन १७,बुधबार १८:४५
file photo

काठमाडौं । भारतबाट खाना पकाउने ग्यासको भाउ बढेर आएको छ । नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्यअनुसार खाना पकाउने ग्यासको भाउ बढेर आएको हो ।

यस्तै, इन्धनको नयाँ लागत मूल्यअनुसार डिजेल तथा पेट्रोलको भाउ भने घटेर आएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार निगमलाई डिजेलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ ।

यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।

निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको भाउ प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।