मिथिला क्षेत्रमा होली भोलि मनाइने

तु खबर संवाददाता
२०७९ फाल्गुन २३,मंगलवार १६:५१
file-photo

काठमाडौं । तराईका धेरैजसो ठाउँमा आज होली मनाएपनि मिथिला क्षेत्रमा भने भोलि मात्रै मनाइने भएको छ । १५ दिने मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन रहेको छ ।

यस्तै, कतिपयले मंगलबार बार्ने गरेकाले आज होली नमनाइ भोलि होली मनाउने भएका हुन् । मंगलबार माछामासुको परिकार पकाउन र खान नहुने भन्दै कतिपयले भोलि होली मनाउने भएका छन् ।

मिथिला क्षेत्र बाहेकका ठाउँमा भने आज धुमधामका साथ होली मनाइँदै छ । हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व हिजो मनाइएको थियो ।