मकवानपुरका नीजि बैंकहरु बन्द
![](https://www.tukhabar.com/wp-content/uploads/2023/03/andolan.jpg)
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको अनुरोधमा आज जिल्लाका नीजि बैंकहरुले सेवा बन्द गरेका छन् ।
चर्को व्याजदरको विरोध गर्दै मउवा संघले नीजि बैंकहरुलाई पत्राचार गरेपछि जिल्लास्थित नीजि बैंकहरुले आज एक दिनको लागि आफ्नो सेवा प्रवाह बन्द गरेका हुन् ।
बैंक बन्द भएपछि सेवाका लागि आएका सर्वसाधारण नागरिकहरु भने समस्यामा परेका छन् ।
बैंकले ऋणीलाई थाहा नै नदिई ब्याजदरमा बृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा फागुन २१ गतेदेखि आन्दलोलन भइरहेको थियो । आज आन्दोलनको समापनको दिन नीजि बैंक बन्द गर्न लगाइएको मकवानपुरका उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवालले जानकारी दिए ।
उनले आजबाट जिल्लामा आन्दोलनको कार्यक्रम सकिएको भएपनि उद्योग वाणिज्य महासँघमार्फत् राष्ट्र बैंक घेराउ गरी ब्याजदर घटाउन दबाब दिइने जानकारी दिए ।