बहुविवाह गर्ने एक जना जेल चलान
जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एक जना जेल चलान भएका छन् । जिल्लनमने छिन्नमस्ता गाँउपालिका वडा नम्वर २ बस्ने २४ वर्षीय सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् ।
मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा २०७६ पुस ९ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि फरार रहेका थिए ।
उनलाई फागुन ३० गते पक्राउ गरी बुधबार जिल्ला अदालतमा पेस गरिएको र कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज पठाइएको जनाइएको छ ।