उपराष्ट्रपति चयनको लागि मतदान सकियो, केहीबेरमा मतगणना

तु खबर संवाददाता
२०७९ चैत्र ३,शुक्रबार १५:२५
file-photo

काठमाडौं । उपराष्ट्रपति चयनको लागि मतदान सकिएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेबाट सुरु भएको मतदान कार्य सकिएको हो ।

अब केहीबेर पछि मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । यस्तै, प्रदेश सभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार रहेका छन् ।