उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसम्क्ष आर्इतबार निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनको प्रतिवेदन पेश हुन आएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत शुक्रबार भएको निर्वाचनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए ।