वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

तु खबर संवाददाता
२०७९ चैत्र १०,शुक्रबार ०९:५४

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीया ताम्राकारको गएराति निधन भएको हो ।

रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवम् समाचार बाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिइन् ।

विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार बाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन् । ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन् ।