कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार, आज सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो । भो घटेसँगै आज छापावाल सुनको भाउ प्रतितोलामा १ लाख ९ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो ।
यसैगरी, आज चाँदीको भाउ भने बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १० रुपैयाँले मूल्य बढेको जानकारी दिएको छ । भाउ बढेसँगै आज चाँदीको भाउ प्रतितोला १ हजार ३७० रुपैयाँ कायम छ ।