खेलकुद पत्रकार मञ्चद्वारा तालिम र फुटसल प्रतियोगिताको आयोजना
मकवानपुर । खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारिता तालिम र खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । मञ्चका अध्यक्ष राजन दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय लिएको हो ।
जिल्लामा खेलकुदको गतिबिधीलाई प्रोत्साहन गर्नका लागि दुई दिने तालिम र मैत्रिपुर्ण मिडियाकप रनिङ शिल्ड फुटसल प्रतियोगिता संचालन गर्ने निर्णय लिएको हो ।
मञ्चले आगामी बैशाख १५ र १६ गते पत्रकारिता तालिम संचालन गर्ने भएको छ भने बैशाख २९ र ३० गते फुटसल प्रतियोगिता गर्ने भएको हो । बैशाखको २९ र ३० गते सञ्चालन हुने फुटसल प्रतियोगिताका लागि मञ्चले पहिलो पुरस्कार ३० र द्धितिय २० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्ने गरिन जनाएको छ ।