धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना

तु खबर संवाददाता
२०७९ चैत्र २६,आईतवार १५:४९
file-photo

पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए ।

उनका अनुसार, बेसक्याम्पमा सामान लिएर पुगेको उक्त हेलिकप्टर दुर्घटना भएको भनिएपनि यथार्थ विवरण आइसकेको छैन ।

पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । बेसक्याम्पमा ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेको र पाइलट सकुशल रहेको जनाइएको छ ।

उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ । एयर डाइनेस्टी फर्केपछि घटनाको थप विवरण प्राप्त हुनेछ ।