नयाँ वर्षको अवसरमा हेटौंडामा दौड प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७९ चैत्र २८,मंगलवार १७:४७

मकवानपुर । नयाँ वर्ष २०८० को अवसरमा हेटौंडामा खुला दौड प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुने भएको हो ।

बैैशाख ३ गते आइतबार बिहान हुने प्रतियोगितामा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति सहभागी हुन सक्नेछन् । प्रतियोगिता ५ किलोमिटर दूरीको हुनेछ ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेले नगद ३० हजार रुपैयाँ र तृतीय हुनेले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी, उत्कृष्ट दुई जना खेलाडीलाई प्रोत्साहन स्वरुप जनही नगद १० हजार रुपैयाँ पुरस्कार वितरण गरिने भएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।