एमाले संसद विघटनको दाउमा रहेको माधव नेपालको आरोप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले नसरीको इनरुवामा बुधबार सञ्चारकर्मीहरु कुराकानी गर्दै यस्तो आरोप लागएका हुन् ।
उनले एमालेको यो सोचलाई पूरा हुन नदिने बताए । अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए ।
उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार भएपनि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको उल्लेख गरे ।
केही व्यक्तिले पार्टी छाड्नु विचार नभई व्यक्तिगत निर्णयको उनको भनाई छ ।