धनगढीमा एक वृद्धको पेटमा बोतल भेटियो
धनगढी । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोका मगरको पेटमा बोतल भेटिएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका मगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ ।
बिहीबार पेट दुखेपछि अस्पताल आएका मगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले जानकारी दिए ।
उनका अनुसार, केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।