सुख्खा पहिरोमा पुरिएर १ मजदुर ज्यान गयो
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
काभ्रेपलाञ्चोक । सुख्खा पहिरोमा पुरिएर पाँचखाल–८ चिसापानीमा १ जना मजदुरको ज्यान गएको छ भने अरु २ जना घाइते भएका छन् ।
ज्यान जानेमा सोलुखुम्बु नेचासल्यान २ घर पाँचखाल ८ चिसापानी बस्ने २३ वर्षका कुशल नेपाली रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
पाँचखाल नगरपालिका वडा नं. ८ चिसापानीस्थित बाटोमा जाली लगाउने क्रममा माथिबाट सुख्खा पहिरो खसेको थियो ।
पहिरोले ३ जना कामदार पुरेकोमा उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल लगेकोमा नेपालको मृत्यु भएको हो ।
अन्य २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।