८०४ वटा भित्तेपात्रोलाई स्वीकृती प्रदान

तु खबर संवाददाता
२०८० बैशाख ३,आईतवार १५:३८
file-photo

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर) लाई स्वीकृती प्रदान गरेको छ ।

भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृती लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेश वमोजिम वि.सं. २०८० का लागि हालसम्म ८०४ वटा भित्तेपात्रोले स्वीकृती पाएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार, अहिले पनि केही भित्तेपात्रो प्रकाशन गर्ने संस्था स्वीकृति लिने क्रममा छ । सरकारले जारी गरेको समितिको गठन आदेश वि.सं. २०७८ असार महिनामा नेपाल राजपत्रमा प्रकाशन भएको र सो बमोजिम विसं २०७९ देखि समितिसँग स्वीकृती लिएर भित्तेपात्रो प्रकाशन हुन थालेको हो ।

गत वर्ष करिब एक हजार भित्तेपात्रो स्वीकृती लिएर प्रकाशन गरिएको थियो ।