पाँच जना नेताको नागरिकता छानबिनको माग गर्दै निवेदन दर्ता

तु खबर संवाददाता
२०८० बैशाख ६,बुधबार १०:२१

काठमाडौं । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल (सफल) ले नेपालका विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै निवेदन दिएका छन् ।

पौडेलले स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु दाहाल, मिनेन्द्र रिजाललगायतका नेताहरूको नागरिकता छानबिन गर्न आग्रह गर्दै गृह मन्त्रालयमा निवेदन दर्ता गराएका हुन् ।

पौडेलले उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गरी नेपाली नेताहरूसँग भएको विदेशी ग्रिन कार्ड एवम् नागरिकताको छानबिन गर्न पनि मन्त्रालयसमक्ष माग गरेका छन् ।