बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्पको धक्का महसुस
बाजुरा । बाजुराको दहकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएका छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गएराति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्पको धक्का महसुस भएको हो ।
केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा ४.९, राति १ बजेर ३० मिनेट जाँदा ५.९ र राती १ बजेर ५१ मिनेट जाँदा ३.९ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ । यसअघि गत बैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको थियो ।