पराराष्ट्रमन्त्री साउद आज बेलायत जाँदै

तु खबर संवाददाता
२०८० बैशाख २१,बिहीबार १०:०६
file-photo

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदै छन् । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि उनी आज बेलायत जान लागेका हुन् ।

उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो । स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो ।

पराराष्ट्र मन्त्री बिहान ११ बजे बेलायत प्रस्थान गर्ने कार्यसूची रहेको छ ।