बाजुरामा भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८० बैशाख २१,बिहीबार १५:१४
file-photo

बाजुरा । बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्‍याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि बैशाख १८ गते दिँउसो २ बजेर ३५ मिनेटमा हुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।