झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज २.४३ अंकले घटेर १८४१ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६५ कम्पनीको १९ लाख ३७ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा जम्मा ५८ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् ।