बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो
बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खानी तथा भूगर्भ विभागले हालसालै तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम) मा पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले त्यो क्षेत्रलाई पनि भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औंल्याइएको वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारी बताउँछन् ।