आगोमा परेर एकै परिवारका ४ जना घाइते

तु खबर संवाददाता
२०८० जेष्ठ १,सोमबार १६:१५
file photo

बारा । बाराको आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना घाइते भएका छन् ।

लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ ।

सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरुलाई अस्पताल लगेका थिए । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट हुँदा चार लाख १० हजार बराबरको क्षति भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएको जनाइएको छ ।