बानियाँले दिए नवनिर्वाचित प्रेस युनियनको कार्यसमितिलाई बधाई
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियन मकवानपुरको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।
बानियाँले सामाजिक सञ्जालमार्फत् युनियन मकवानपुरको सातौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाली कांग्रेस सदैव लोकतन्त्र र स्वतन्त्र प्रेसको पक्षमा रहेको बताए ।
उनले देश र जनताको पक्षमा कलम चलाउँदै लोकतन्त्रलाई संस्थागत गर्ने सवालमा प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले पत्रकारहरुको हकहितका विषयलाई प्राथमिकतामा राखेर संगठनका गतिविधि चलयमान बनाउन सुझाव समेत दिए ।
आइतबार प्रेस युनियनको सातौँ अधिवेशनबाट मकवानपुरमा सुवास विडारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।