एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी, ९ जना पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ ८,सोमबार १६:०२
file photo

काठमाडौं । एभरेष्ट बैंकको इटहरी शाखाबाट ग्राहकको खाताको डेढ करोड रुपैयाँ चोरी भएको छ । चोरीमा संलग्न आशंकामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले एभरेष्ट बैंकको ईटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानसहित ७ जना बैंक कर्मचारी र दुईजना बाहिरका व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी सुनसरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।