६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने
![](https://www.tukhabar.com/wp-content/uploads/2019/12/neta.jpg)
काठमाडौं । ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने भएको छ । भूकम्प प्रभावित ८ वटा जिल्ला र काठमाडौँ उपत्यकाबाहेक ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरिने भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
त्यसका लागि स्थानीय तहहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरू (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट,दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) र काठमाडौं उपत्यमा भने यो सम्झौता कार्यान्वयन हुनेछैन ।
सामुदायिक आधारभूत विद्यालयमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत जडान गर्न लागिएको हो ।
त्यसका लागि “ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी स्थानीय तह मार्फत ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुरÞ्याउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार जडान गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।