आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन
![](https://www.tukhabar.com/wp-content/uploads/2018/05/sagarmatha_mount_everest_nepal.jpg)
काठमाडौँ । आज १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ ।
न् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७० औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो ।
नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७० औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण संघ (एनएमए) ले जनाएको छ ।