सार्वजनिक ऋणको ब्याज तिर्न सरकारले छुट्यायो १ खर्ब ५ अर्ब रुपैयाँ
![](https://www.tukhabar.com/wp-content/uploads/2019/11/rina.jpg)
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सार्वजनिक ऋणको ब्याज भुक्तानीका लागि मात्र १ खर्ब बढी बजेटको छुट्याएको छ ।
आन्तरिक र बाह्य ऋणको ब्याज खर्च बापत सरकारले कूल १ खर्ब ५ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ छुट्याएको हो ।
सरकारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आन्तरिक र बाह्य गरी कूल २० खर्ब ८० अर्ब रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको ब्याज, सेवा शुल्क तथा बैंक कमिसनका लागि ९३ अर्ब २३ करोड रुपैयाँ र बाह्य ऋणको ब्याज भुक्तानीका लागि १२ अर्ब १५ करोड ५८ लाख रुपैयाँ छुट्याएको हो ।