बुधबार ३८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ ।
बजेट घोषणायता शेयरबजारमा उच्च अंकको गिरावट आउन थालेको छ । यसअघि मंगलबार नेप्से परिसूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको थियो ।
यस्तै, नेप्सेमा सूचीकृत २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । मंगलबार नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक आज होटल तथा पर्यटन उपसूचक ३.३१ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक ३.५३ प्रतिशतले घटेको छ ।