मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य स्थगन
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिस्टममा समस्या आएको भन्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य स्थगन गरेको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सर्भरमा प्राविधिक समस्या आई राष्ट्रिय परिचयपत्र दर्ता नम्बर (एनआईएन) उपलब्ध हुन नआएको हुँदा दर्ता प्रक्रिया हाललाई स्थगित गरिएको जनाएको छ ।
जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य हाललाई स्थगन भएको सो पत्रमा उल्लेख गरिएको छ ।