धनगढी उडेको विमानमा समस्या आएपछि…

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै फर्काएर अवतरण गराइएको छ ।
७२ जना यात्रु लिएर आज बिहान उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल पुर पुगेपछि फर्काएर अवतरण गराइएको विमानस्थलमा प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
‘प्रसाइराइजेसन फेलियर’ का कारण विमान अवतरण गर्नु परेको उनले बताए ।