अङ्गारेश्वर मन्दिरमा राजयोग तथा ध्यान कोर्ष संचालन हुने

तु खबर संवाददाता
२०८० जेष्ठ २५,बिहीबार ०८:५२

मकवानपुर । अङ्गारेश्वर मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले राजयोग तथा ध्यान कोर्ष संचालन गर्ने भएको छ । समितिले यही जेष्ठ २६ गते अर्थात भोलि शुक्रबारदेखि जेष्ठ ३२ गतेसम्म एक साता उक्त राजयोग तथा ध्यान कोर्ष संचालन गर्ने भएको हो ।

समितिले साँझ ५ बजेदेखि ६ बजेसम्म दैनिक एक घण्टा राजयोग तथा ध्यान कोर्ष संचालन गर्ने अङ्गारेश्वर मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णदेव भण्डारीले जानकारी दिए ।

उनका अनुसार, कार्यक्रम अङ्गारेश्वर मन्दिर परिसरमा रहेको सभाहलमा हुनेछ । उक्त कार्यक्रम ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौंडाकी प्रमुख ब्रह्माकुमारी सुशीला दिदीको प्रमुख आतिथ्यतामा शुक्रबार साँझ ५ बजे समुद्घाटन हुनेछ ।

प्रशिक्षण ब्रह्माकुमारी दिदीहरूबाट हुनेछ । यस्ता कार्यक्रमले मानिसको तन र मन स्वस्थ राख्नुका साथै  अनुशासित र सत्चरित्रवान बनाउने कुरा अध्यक्ष भण्डारीले बताए । यस कार्यक्रमले योग ध्यानको साथै अध्यात्मिक ज्ञान समेत दिने भन्ने उनको भनाई छ ।