शरणार्थी प्रकरण : बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस हुँदै

तु खबर संवाददाता
२०८० जेष्ठ ३०,मंगलवार १०:३०
file-photo

काठमाडौं । आज पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस हुँदैछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्ने भएका छन् ।

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्व महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका पूर्व र वर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन् ।

सो प्रकरणमा मुछिएर पक्राउ परेकामध्ये अब खाँणसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ ।