मंगलबार २ हजारको विन्दुमा उक्लियो नेप्से

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २०१८ विन्दुमा उक्लिएको छ ।
लामो समयको अन्तरालपछि नेप्से इन्डेक्स २ हजारको विन्दुमा उक्लिएको हो । आज शेयर बजार १.६३ प्रतिशतले बढेर २ हजारको विन्दुमाथि उक्लिएको हो ।
नेप्सेमा सूचीकृत २७० कम्पनीको १ करोड ७ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।