प्राधिकरणद्वारा दुई पाइलट निलम्बन

तु खबर संवाददाता
२०८० असार ७,बिहीबार १८:५३
file-photo

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण कार्यालयले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।

काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, उनीहरुले ए ३३० मापदण्ड अपरेटिङ प्रोसिजर पनि पालना नगरेको पाएको र अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरिएको हो ।

प्राधिकरणले दुई जनालाई निलम्बन गरेको भनिएता पनि नाम भने खुलाएको छैन ।