मकवानपुर र कास्कीमा भारी वर्षा
काठमाडौं । मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोखाजोर खोला लगायत सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ ।
यता कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगायत क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको बताइएको छ ।
महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ भने सो क्षेत्रमा एसएमएसमार्फत जानकारी पनि पठाइएको छ ।