बढ्दो सडक दुर्घटना न्यूनिकरणका उपाय
विश्वभर बढ्दै गईरहेको सवारुी दुर्घटना विश्वका आम जनमानसमा चिन्ताको विषय बन्दै गइरहेको छ । हरेक मुलुकमा विभिन्न प्रकारको सवारी दुर्घटना र यसबाट हुन गएको मानवीय तथा भौतिक क्षतिबाट चिन्तित हुन पुुगेका छन् । विश्वमा हवाइजहाज, पानीजहाज र रेलजस्ता धेरै मानिस बोक्ने साधनहरु दुर्घटना भएको र त्यसमा ठूलो मात्रामा मानवीय क्षति भएको समाचारहरु सुनिन्छ । यसको तुलनामा सडक दुर्घटनामा घाइते हुने वा ज्यान गुमाउनेको संख्या प्रति घटनाका हिसावले कम भए पनि बार्षिक तथ्यांक हेर्ने हो भने ज्यादै भयावह अवस्था छ । बढ्दो सवारी दुर्घटनाले हम्रो जस्तो विकासोन्मुख देशलाई पनि आक्रन्त पारेको छ । हाम्रो देशमा संख्यात्मक हिसाबले हेर्दा दुइपांग्रे सवारीसमेत गणना गर्ने हो भने २७ लाख ८३ हजार सवारी दर्ता भई संचालन भइरहेका छन् । सडकको तुलनामा सवारीको चाप अत्यन्त बढ्दै जाँदा दुर्घटनाको संख्या र यसले मानविय क्षति दुबै बढ्दै गएको पाइन्छ । सडक दुर्घटनाका कारणहरु हेर्ने हो भने,
१) मानवीय कारण
मानिसहरुको सामान्य त्रुटीको कारणबाट दुर्घटना हुनुलाई मानवीय कारणमा राख्न सकिन्छ जसमा सवारी चालक, पैदलयात्री सर्वसाधारण लगायत् आम मानिसहरुको संलग्नता जाडिएको हुन्छ । जस अन्तर्गत :
१) चालकले लापरबाही पूर्वक सवारी हाँक्नु
२) मा.प.से गरी सवारी हाँक्नु
३) तिब्र गतिमा सवारी हाँक्नु
४) मोबाईल प्रयोग गर्नु सिटबेल्ट प्रयोग नगर्नु
५) सडकको अवस्थाबारे पर्याप्त जानकारी नहुनु
६) चालकालाई सवारी साधनको अवस्थाबारे प्रयाप्त ज्ञान नहुनु
७) ट्राफिक नियम सम्वन्धि जानकारी नहुनु
८) निद्रा तथा थकित अवस्थामा सवारी हाँक्नु
९) पैदलयात्रीहरुले जथाभावी बाटो काट्नु
१०) सडकको विच बाटै हिड्ने प्रबृत्ति
११) ढोका तथा छतमा चढी यात्रा गर्नु
१२) रातको समयमा चम्किलो, सेतो वा उज्यालो कपडा प्रयोग गर्नु
१३) सडकमा जथाभावी बिस्कुनहरु सुकाउने प्रवृत्ति
१४) जेब्राक्रस,फुटपाथ र आकाशेपुलको प्रयोग नगर्नु ।
२) सडकको अवस्था
पछिल्लो समय सडकको अवस्थाको कारणबाट दुर्घटनाको संख्यामाक्रमशः बृद्धी भएको देखिन्छ । सडक विस्तार नहुनु मर्मत तथा खाल्डा खुल्डीहरु समयमै नभएका कारण्मा दुर्घटना भएको पाईन्छ । यसका अलवा सडकमा निम्नानुसार हुदा दुर्घटना भएको पाईन्छ ।
१) पुराना जिर्ण र साँघुरा
२)आवश्यकता भन्दा अत्याधिक सवारीको चाप
३) बाटोको अवस्था अनुसार सवारी संचालन नहुनु
४) साँघुरा तथा जिर्ण पुलहरुको मर्मत नहुनु
५) बैकल्पिक बाटोको व्यवस्था नहुनु
६) सडकमा भौतिक पूर्वाधारको उचित व्यवस्था नहुनु
७) सडकहरुमा रेलिङको व्यवस्था नहुनु
८)आकाशेपुल,ट्राफिक बत्तीको व्यवस्था नहुनु
९) गति सिमा निर्धारण नहुनु
१०) CC TV , Street Light,Scrolling Board हरु सडकमा नहुनु ।
३) यान्त्रिक कारण
प्राय : दुर्घटना हुनुमा यान्त्रिक वा सवारी साधनको अवस्था ठिक नभएको कारण भएको पाईन्छ । सवारी चालकहरुले सवारी चलाउनु पूर्व चेकजाँच गर्ने प्रणालीमा विकास गर्न नसकेको र सवारी साधन चेक जाँच नगरी चालक सिधै सिटमा बसी सवारी बढाइहाल्ने प्रवृत्तिहरुले दुर्घटना हुन गएको पाईन्छ ।
१) ब्रेक फेल हुनु,स्टेयरिङ फेल हुनु वा स्टेयरिङ लक हुनु
२) गुड्दा गुड्दै सवारीको टायर पन्चर वा पड्किनु
३) लाईट तथा सिग्नल नहुनु
४) क्षमता भन्दा बढी भार बहन गर्नु
५) सवारीमा गुणस्तरीय पर्ट्सहरुको प्रयोग नहुनु
६) समयमा क्भचखष्अष्लन नहुनु ।
४) बाताबरणीय कारण :
प्रतिकुल मौसमको प्रभावको कारणबाट हुन जाने दुर्घटनालाई वातावरणीय कारणमा राख्न सकिन्छ । जुन निम्नानुसार रहेका छन् ।
१) सडकमा लाग्ने बाक्लो हुस्सु तथा कुहिरोको कारण ख्ष्कष्दष्ष्तिथ कम हुनु ।
२) बाढी पहिरो तथा वर्षतको समयमा पहाडमा पहिरो आउनु ।
३) हुरीको समयमा सडकमा धुलो ऊड्नु तथा रुख,विजुलीको पोल ढल्नु
४) बर्षत तथा जाडो मौसममा सडकमा हिलो तथा तुवाँलो पर्नु ।
५) बाढी पहिरोको कारण सडक संरचना भत्किीई सवारीमा परी दुर्घटना हुनु ।
६) बर्षातमा सडकमा पानी जम्नु ठुलाठुला खाल्डाहरु बन्नु ।
जति मात्रामा सवारीहरु दुर्घटनाहरु हुन्छन त्यति नै मात्रामा दुर्घटना न्यूनिकरणका उपाय अपनार्य प्रभावकारी बनाउनुपर्दछ । दुर्घटना न्यूनिकरणमा १ संस्था वा १ जनाको पहलबाट मात्र न्यूनिकरण नहुने भएकोले सरोकारवाला निकाय र आम नागरिक सवैको महत्वपूर्ण भूमिका रहनुका साथै सरोकारवाला निकायहरु बिच समन्वय गरी सडकमा योजना ल्याई कार्य सम्पादन हुन सकेमा दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुुग्दछ ।
न्यूनिकरणका उपाय :
१) चालक तथा पैदलयात्रीहरुको भूमिका (यस अन्तर्गत ८५ प्रतिशत दुर्घटना भएको पाईन्छ )
१) चालक वर्गले मा.प.से गरि सवारी नचलाउने
२) शहर बजार विद्यालय र अस्पतापल क्षेत्रमा गति सिमित राख्ने ।
३) सवारी चलाउनु पूर्व राम्रोसँग चेकजाँच गर्ने ।
४) सडकमा ट्रफिक संकेत र रोड मार्किङलाई ध्यान दिई सवारी चलाउने ।
५) तीब्र गतिमिा सवारी नहाँक्ने
६) सवारी हाँक्दा निद्रा लागेमा रोकी हातमुख धोई केहिवेर आराम गरेर मात्र चलाउने ।
७) क्षमता भन्दा बढी नबोक्ने
८) जथाभावी ओभरटेक नगर्ने दाहिने सडकबाट मात्र गर्ने
९) मोबाईल फोन प्रयोग नगर्ने सिट बेल्ट प्रयोग गर्ने
१०) सवारीको बत्ती वा संकेत आवश्यकता अनुसार प्रयोग गर्ने ।
११) घुम्ती मोड उकालो ओरालोमा ओभरटेक नगर्ने ।
१२) चिप्लो सडक खाल्डाखुल्डीमा गति कम गर्ने ।
१३) यात्रुहरुसँग अनावश्यक गफ नगर्ने
१४) प्रतिस्पर्धाको हिसाबले सवारी नहाँक्ने
१५) जेब्राक्रसिङ पहिलो प्राथमिकता दिने
१६) रिफ्रेश सेन्टरको व्यवस्था हुनुपर्ने ।
१७) चालकले शिष्ट र मर्यादित भाषाको प्रयोग गर्ने
१८) रात्रीकालीन सेवामा सहचालकलाई सुत्न नदिने ।
सडक प्रयोगकर्ता
१) सडक प्रयोगकर्ताहरु सडकमा हिड्दा जथाभावी बाटो नकाटी फुटपाथ र फुटपाथ नभएको ठाऊँमा सडकको किनारा प्रयोग गर्ने ।
२) जेब्रा क्रस आकाशे पुल भएको ठाऊँमा सोको प्रयोग गर्ने ।
३) सवारीमा झुण्डिएर,छत तथा ढोकामा यात्रा नगर्ने ।
४) बालबालिकाहरुलाई सडकाम जथाभावी खेल्न तथा छाडा नछोड्ने ।
५) चौपाया तथा पशुपंक्षिहरुलाई सडकमा नछोड्ने ।
७) सडकमा जथाभावी बिस्कुन तथा कपडाहरु नसुकाउने ।
८) रातमा र Morning ध्बपि मा जाँदा चम्किलो कपडा प्रयोग गर्ने । झ्याल ढोकाबाट शरिरको अंग बाहिर ननिकाल्ने ।
१०) रातको समयमा साईकल चलाऊँदा बत्ती तथा रिफेल्टरको प्रयोग गर्ने ।
२ ) भौतिक संरचना (सडक पूर्वाधार )
सडक दुर्घटनालाई कमगर्न भौैतिक संरचनाको महत्वपूर्ण भुमिका हुन्छ । सडकमा जति मात्रामा पूर्बाधारको विकास वा ट्राफिक प्रविधिलाई सडकमा झल्काउन सक्यो त्यति नै मात्रामा दुर्घटना जोखिम कम हुन्छ । तसर्थ सडक मर्मत,विस्तार तथा नयाँ सडक अत्याधिक विकास गर्न,ट्राफिक बत्ती , रोड मार्किङ जानकारी दिने ट्राफिक सिग्नल बोर्ड र क्ष्नल क्ष्नलब िहरु प्रयाप्त मात्रामा राख्न सके दुर्घटना कम हुन्छ ।
१) सवारी साधनको अनुपातमा सडक साँघुरो भएकोले विस्तार गरिनुपर्ने ।
२) मर्मत गरिनुपर्ने र खाल्डाखुल्डी सडक तत्काल मर्मत गर्नुपर्ने ।
३) सडक पूर्वाधारको विकास (Zebra Cross,Road marking,Sign signal ) हरु जडान गरिनुपर्ने ।
४)प्रत्येक नगर तथा गाऊँ पालिका स्तरमा सवारी साधन पार्किङको लागि उचित पार्किङ स्थलको व्यवस्था गर्नुपर्ने ।
५) साँघुरो घुम्ती मोडहरुलाई कटान गरी फराकिलो गरिनुपर्ने
६) मोडमा स्पष्ट देखिने गरी Concave Mirror जडान गर्ने ।
७) सडकको किनारामा स्पष्ट देखिने गरी Cat Eye जडान गर्नुपर्ने ।
८) सडकको किनाराको भिर/खोलापट्टिको साईडमा Railing Gaping Wall तथा तार जाली जडान गरिनुपर्ने ।
९) आवश्यकता अनुसार ट्राफिक बत्ती,आकाशे पुल, Sub way निर्माण गरिनुपर्ने ।
१०) जिर्ण पुराना तथा सँघुरा पुलहरुलाई फराकिलो गर्ने तथा आवश्यकता अनुसार निर्माण गरिनुपर्ने ।
११) सवारी साधनको बर्गिकरण अनसार सडकमा छुट्टाछुट्टै लेनको व्यवस्था गरिनुपर्ने ।
३) सवारी चाप कम गर्ने
सवारी दुर्घटना बढाउनुमा सडकको क्षमताभन्दा बढी सवारीहरु नै सडकमा गुड्नु मुख्य कारण हो । यसका लागि सरकारले नीति ल्याई कति सवारी साधन भित्र्याउन उपयुक्त हुन्छ अध्ययन गरी कार्यान्वयनमा ल्याउन उचित देखिन्छ ।
१) सडकको अवस्थालाई अध्ययन गरी वार्षिक कुन प्रकारका सवारी साधनहरु भित्र्याउँदा उपयुक्त हुन्छ सोही अनुसार गर्ने ।
२) सडकको धान्न सक्ने क्षमता अनुसार कति चक्के सवारी साधन ल्याउनु पर्ने हो सो को अध्ययन गरी ल्याउनु पर्ने ।
३) मो.सा को हकमा स.चा.अ.प प्राप्त नगरेको व्यक्तिको नाममा सवारी दर्ता नगर्ने ।
४) रुटपरमीटलाई वितरणमा कडाईका साथ लागु गर्ने ।
५) साना सवारीको आयातलाई कम गरी नगरबसको अवधारणा बनाई चलाउनु पर्ने ।
६) सवारी संचालनमा जोर बिजोर प्रणाली कायम गरिनुपर्ने । सवारी साधन चल्ने रुटको पहिचान गरी सवारी साधन भित्र्याउने ।
४) साना तथा पुराना सवारीलाई विस्थापित :
हाल देशभर संचाालनमा रहेका पुराना तथा साना सवारीहरुको अवस्था त्यति दुरुस्त नहुनुका साथै शहरलाई प्रदुषण मुक्त बनाउन भुमिका रहने र दुर्घटना जोखिम मुक्त हुने भएकोले सवै किसिमका सवारी हटाउनुपर्ने ।
१) सवै किसिमका २० वर्षे सवारी साधनहरुलाई विस्थापित गरिनुपर्ने ।
२) बिस्तारै चल्ने सवारीहरुलाई शहरी क्षेत्रबाट विस्थापित गर्ने ।
५) सवारी सम्बन्धि नयाँ नीति ल्याई काम गर्नुपर्ने
यातायात व्यवस्था ऐनमा सवारी सम्बन्धि छुट्टै नयाँ नीति ल्याई कार्यान्वयनमा ल्याउनुपर्ने । जसमा निम्न कुराहरुलाई समेट्न सकिन्छ । १) नयाँ सवारी चालकको लागि शैक्षिक योग्यताको तोक्नुपनपर्ने । २) नयाँ चालकको लागि हालको उमेरलाई बढाइ मो सा को लागि १८ वर्ष , लाईट तथा मझौलाको लागि २० र ठूला सवारीको लागि कम्तीमा …वर्ष बनाउनुपर्ने । ३) रात्री तथा दिवा सेवामा थप सुविधामुखी बनाउने । ४) यात्रुबाहक सवारी साधनको क्याबिनमा यात्रु बसाउन नपाउने । ५) लाईसेन्स वितरण प्रणलीलाई व्यवस्थित गरिनुपर्ने । ६) जनचेतनामुलक कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नु पर्छ । ७) सवै किसिमका भाडाका सवारी चालकहरुले अनिवार्य पोषाक वा परिचय पत्र प्रयोगमा ल्याउनु पर्ने । ८) ट्राफिक शिक्षाको लागि पाठ्यक्रमको विकास गरी सरकारको प्रथमिकतामा राखिनुपर्ने ।
६) जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता :
जनचेतनामुलक कार्यक्रमलाई जनता समक्ष प्रत्यक्ष पुगी प्राथमिकताका साथ प्रस्ककतुत गरेको खण्डमा दुर्घटना न्यूनिकरणमा मद्दत पुग्दछ । जनचेतनामुलक कार्यक्रम मुलतः समाजको आवश्यकता भएको सवै क्षेत्रबाट महशुश गरिएको छ । यस कार्यक्रम अन्तर्गत निम्न कार्यहरु संचालन गर्न सकेमा दुर्घटना न्यूनिकरणमा टेवा पुग्दछ :
१) जनचेतनामुलक कार्यक्रम सरकारको प्राथमिकतामा राखिनु पर्ने तथा पाठ्यक्रममा समेत समावेश हुनुपर्ने ।
२) नियमित स्कूल, कलेज, तालिम केन्द्र, युवा क्लब लगायत् संस्थाहरुमा ट्रफिक सचेतना कार्यक्रम संचालन गरिनुपर्ने ।
३) रात्री तथा दिवाकालीन सेवामा सञ्चालित यात्रुवाहक सवारी साधनमा रुटिङ बनाई सचेत गराउनुपर्ने ।
४) चालक परिचालक तथा व्यवसायीहरुलाई भेला गराई वा Spot मै पुगी ट्राफिक ज्ञान दिनुपर्ने ।
५) विभिन्न शहर बजारहरुमा ट्राफिक चेतना सम्बन्धी Video Documentary तथा सडक नाटक प्रदर्शन गरिनुपर्ने ।
६) पैदल यात्रुहरु समेतलाई चेतनामुलक कार्यक्रम दिनुपर्ने ।
७) सबै Media – TV, Radio ,FM, Newspaper _ हरुबाट ट्राफिक चेतनामुलक कार्यक्रम प्रशारणमा सहभागी गराउने ।
८) सवारी साधनमा स्टिकर टाँस तथा पर्चा पम्पलेट वितरण कार्यलाई प्रभावकारी बनाउने ।
९) घरदैलो तथा माईकिङद्वारा घरदैलो कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
मथि उल्लेखित कुराहरुलाई गहन रुपमा दिई अध्ययन मनन् गरेको खण्डमा सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गरी दुर्घटना न्यूनिकरणलाई अवश्य पनि कम गर्दछ ।
- प्रहरी निरिक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर ।