एक महिनाभित्र एनआरएनए नागरिकता वितरण गरिने

ओमन । सरकारले एक महिनाभित्र नियमावली बनाएर गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरण गर्ने घोषणा गरेको छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै प्रक्रिया पूरा गरेर एक महिना भित्रै नियमावली बनाएर एनआरएनए नागरिकता वितरण गर्ने घोषणा गरेका हुन् ।
एक महिनाअघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । उपप्रधानमन्त्री खड्काले एनआरएनएको सबै माग सम्बोधन गर्न सरकार तयार रहेको पनि बताए ।
एनआरएनएको साथमा सरकार, दल र सिंगो संसद रहेको उनको भनाइ थियो ।