सीता माविको अध्यक्षमा राजकुमार थिङ
![](https://www.tukhabar.com/wp-content/uploads/2023/07/sita-mavi.jpg)
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २, भुन्द्रुङटांडीस्थित श्री सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार थिङ सर्वसम्मत चयन भएका छन् ।
विद्यालयको बुधबार भएको ४८ औं वार्षिक अभिभावक भेलाले थिङको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको सदस्यहरुमा क्रमशः रत्न बहादुर स्याङ्तान, पातली माया थिङ, हिरा माया बल रहेका छन् ।
यस्तै, शुक्रराम मुक्तान (वडा जनप्रतिनिधि), इन्द्रबहादुर थिङ र सुकुमाया डिम्डुङलाई मनोनित गरिएको छ भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दुधालाल घलान चयन भएका छन् ।
यसैगरी, एक जना शिक्षक प्रतिनिधि चयन गर्न बाँकी रहेको जनाइएको छ ।