बागमती प्रदेशमा ४६ प्रतिशत क्षेत्रमा रोपाइँ सकियो

मकवानपुर । बागमती प्रदेशमा हालसम्म ४६ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशका १३ जिल्लामा गरी ४६ प्रतिशत मात्रै रोपाइँ सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेशमा कूल एक लाख २० हजार पाँच सय ६९ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तर, हालसम्म करिब ५२ हजार ५ सय २९ हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरण पाण्डेले जानकारी दिए ।
असार २२ गतेसम्मको तथ्यांक अनुसार, प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भक्तपुरमा भएको छ । त्यहाँ ८५ प्रतिशत रोपाइँ सकिएको उनले बताए ।
यसैगरी, काठमाडौंमा ७५ प्रतिशत, चितवनमा ५०, मकवानपुरमा ३०, नुवाकोटमा ३८, रसुवामा ४६, ललितपुरमा ६९, काभ्रेपलाञ्चोकमा ६९, सिन्धुपाल्चोकमा ५२, रामेछापमा ३०, दोलखामा ५०, सिन्धुलीमा ३३ र धादिङमा सबैभन्दा कम २३ प्रतिशत रोपाइँ सकिएको छ ।
अघिल्लो वर्षमा यो अवधिमा यी जिल्लामा ५० प्रतिशतभन्दा माथि रोपाइँ भएको थियो ।